महरले भने- करप्रसाद ओलीको काम, 'बुढी मरीन भन्दा काल पल्केको डर' भो - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

महरले भने- करप्रसाद ओलीको काम, ‘बुढी मरीन भन्दा काल पल्केको डर’ भो



काठमाडाैं । नेपाल विद्यार्थी संघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले इन्टरनेटको शुल्क बढाउने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।

सरकारले श्रावण १ देखि लागु हुने गरी इन्टरनेटमा १३ प्रतिशत शुल्क बढाउने निर्णयको नेता महरले घोर भर्त्सना गरेका छन् । सरकारकाे निर्णय लगत्तै नेता महरले उक्त सरकारी निर्णय निकै खेदजनक भएको बताए ।

‘चौतर्फी असफलताको चरमचुलीमा पुगेको र अलोकप्रियताको भारीले थिचिएको करप्रसाद ओली जीको सरकारले श्रावण १ देखि इन्टरनेटमा १३ प्रतिशत शुल्क बढाउने निर्णय गरेको विषय खेदजनक छ’, नेता महरले भने, ‘नेपाल दुरसंचार प्राधिकरणले नत गुणस्तरको अनुगमन गर्न सकेको छ, न त लुटतन्त्रनै रोक्न सकेको छ ।’

सबै प्राधिकरणहरु माफियाको चंगुलमा फसिसकेका कारण ‘बुढी मरीन भन्दा काल पल्केको डर’ सरह भएको उनको भनाई छ । उनले सरकारले याे निर्णय नसच्याए जनता कडा प्रतिवादमा उत्रिने चेतावनी दिए ।