विश्वकै महंगा खेलाडीमाथि १० फउल - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

विश्वकै महंगा खेलाडीमाथि १० फउल



विश्वकप उपाधिको मुख्य दाबेदार मानिएको ब्राजिल पहिलो खेलमै बराबरीमा रोकियो छ। आइतबार राति भएको खेलमा स्वीट्जरल्याण्डले ब्राजिललाई १–१ गोलको बराबरीमा रोक्यो ।

फिलिप्पे कौटिन्होले खेलको २०अौं मिनेटमा ब्राजिललार्इ सुरुवाती अग्रता दिलाएका थिए । तर, उसले त्यसलाई लामो समय बचाउन सकेन । खेलको ५०अौं मिनेटमा स्वीस टोलीका स्टिभेन जुबरले हेडर मार्फत बराबरी गोल फर्काए।

खेलमा नेमारमाथि विपक्षी टोलीका खेलाडीको दबाब थियो ।
विश्वकै सबैभन्दा महंगा खेलाडी नेमारमाथि स्वीस खेलाडीले १० पटक त फउलमात्र गरेका थिए । यो सन् १९९८ यता विश्वकपको एउटा खेलमा एउटै खेलाडीमाथि भएको सर्बाधिक फउल हो।