महालक्ष्मी विकास बैंकद्धारा छात्रवृती वितरण - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

महालक्ष्मी विकास बैंकद्धारा छात्रवृती वितरण



पदम ओझा / राजेन्द्र रावल
बौनीया,कैलाली । महालक्ष्मी विकास बैंक लि.शाखा कार्यालय नेपालगंज बांकेको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत बुधबार  छात्रवृती वितरण कार्यक्रम सम्पन्न भएको छ ।

बाकेको धम्बोजीमा रहेको श्री धम्वोझि माध्यमिक विद्यालय नेपालगंज उपमहानगरपालिका वडा.नं. १ धम्वोझिमा भएको सो छात्रवृत्ती वितरण कार्यक्रममा ३ सय जना विद्यार्थी, शिक्षक , बैंकका कर्मचारी,अविभावक, सामाजिक व्यक्तित्व र पत्रकारहरुको सहभागिता रहेको थियो ।

विद्यालय व्यवस्थापन समितीका सदस्य श्री ध्रुव प्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रम का प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजाल रहनु भएको थियो भने विशिष्ठ अतिथिमा नेपालगंज उद्योग वाणिज्य संघका सदस्य टंक बहादुर धामी, विद्यालय व्यवस्थापन समितिका सदस्य श्रीमती मुरजहा शेख र महालक्ष्मी विकास बैक लि. शाखा कार्यालय नेपालगंज, बांकेका शाखा प्रवन्धक श्री राजेन्द्र बहादुर शाह रहुनु भएको थियो ।

कार्यक्रको उद्धेश्य बारे प्रकाश पार्दै शाखा प्रवन्धक श्री राजेन्द्र बहादुर शाहले यो विशेष अवसर प्राप्त भएकोमा बैंकको तर्फ बाट गौरवान्भित महसुस गर्दै नेपाल राष्ट बैंक बाट स्विकृती प्राप्त राष्ट्रिय स्तरको ‘ख’ वर्गको लिडिङ्ग विकास बैंकको केन्द्रीय कार्यालय दरवारमार्ग, काठमाण्डौमा रही पिछडिएको क्षेत्र प्रदेश नं. ७ का सम्पूर्ण जिल्लाहरु लगायत देश भरी विभिन्न प्रदेशका विभिन्न जिल्लाहरुमा ७३ वटा शाखा सञ्जाल रहेको यस विकास बैंकले विशुद्ध नाफामुलक मात्र नभई संस्थागत समाजिक उत्तरदायित्व वहन गर्ने उदेश्य अनुरुप छात्रवृत्ती वितरण गर्न लागीएको जानकारी दिनुभएको थियो । ए

कार्यक्रमका अवसरमा विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थिहरु प्रेम बुढा, प्रशिद्धिका उपाध्याय, हिमानी रोकाया, ध्रुव बहादुर बुढा र अभि न्यौपाने गरी ५ जना लाई जनही रु. ५ हजारका दरले जम्मा रकम रु. २५ हजार कार्यक्रमका प्रमुख अतिथि नेपालगंज उपमहानगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष प्रमोद रिजाल र महालक्ष्मी विकास बैक लि. शाखा कार्यालय नेपालगंज, बांकेका शाखा प्रवन्धक राजेन्द्र बहादुर शाहले संयुक्त रुपमा चेक हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रमको विशिष्ठ अतिथिको आसन बाट बोल्दै नेपालगंज उद्योग वाणिज्य संघका सदस्य टंक बहादुर धामीले बैंकको यस प्रकारको कार्यको सराहाना गर्दै कार्यक्रमले गरिव तथा जेहेन्दार विद्याथिहरुको भविष्य उज्जवल बनाउन सहयोग गर्ने भन्दै अन्य बैंक तथा वित्तिय संस्था लाई ग्रामिण स्तरमा यस्ता कार्यक्रम गर्न आग्रह गर्नु भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथिको आसन बाट बोल्दै नेपालगंज उपमहानगरपालिका वडा नं. ०१ का वडा अध्यक्ष प्रमोद रिजालले यो कार्यक्रम नमुना कार्यक्रम भएको भन्दै बैंक तथा वित्तिय संस्थाले नाफामुलक मात्र नभई संस्थागत सामाजिक उत्तरदायित्य पनि बहन गर्ने रहेछन भन्ने समाजमा सकरात्मक सोचको विकास गर्ने भन्दै संस्थागत सामाजिक उत्तरदायित्य बहन गर्ने कार्यमा अन्य बैंक तथा वित्तिय संस्थाले पनि हातेमालो गनुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

विद्यालयका प्रधानाध्यापक किरण आर्चायले स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक वामदेव सुदेवीले गर्नुभएको थियो ।