अख्तियारद्धारा महाकाली अस्पतालका कागजपत्र नियन्त्रणमा - Himal Post Himal Post
  • २८ असार २०८३, आईतवार
  •      Sun Jul 12 2026
Logo

अख्तियारद्धारा महाकाली अस्पतालका कागजपत्र नियन्त्रणमा



कञ्चनपुर । महाकाली अस्पतालको भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री खरिदमा अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो दिएको छ ।

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको हुने सक्ने भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको हो । बिहिवार महाकाली अस्पतालमा अख्तियारले छापा हानि अस्पतालबाट कागजात नियन्त्रणमा लिएको छ।

भेन्टिलेटर लगायतका स्वास्थ्य उपकरण तथा सामाग्री खरिद प्रक्रियामा अनियमितता भएको हुनसक्ने भन्दै अस्पताल प्रशासनबाट कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका प्रवक्ता टोपबहादुर विष्टले बताए। उनका अनुसार भेन्टिलेटर खरिद प्रक्रियाका सम्पूर्ण कागजपत्र नियन्त्रणमा लिइएको छ।