राष्ट्रपतिविरुद्ध महाभियोगको 'तयारी' - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

राष्ट्रपतिविरुद्ध महाभियोगको ‘तयारी’



काठमाडौं-

जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया बढाउने तयारी गरेको छ।

महाभियोग प्रस्ताव मंगलवार संसद्‍मा पेश गर्न लागिएको छ।

जानु-पीएफका वरिष्ठ सदस्य पल मनाङग्याग्वाले महाभियोगको प्रक्रिया दुई दिन जतिमा सकिने र बुधवारसम्ममा राष्ट्रपति मुगाबे हटिसक्ने बताएका छन्।

उक्त पार्टीले मुगाबेलाई पदबाट राजीनामा दिन दिएको समयसीमा सोमबार नै सकिसकेको छ।

 

आधार

जिम्बाब्वेको संविधान अनुसार कसैले गम्भीर खालका पदीय दुरुपयोग गरे, संविधानको उल्लंघन गरे वा त्यसको पालना र बचाउ गर्न नसके तथा क्षमता नभएको जस्ता आधारमा महाभियोग लगाउन सकिन्छ।

मुगाबेमाथि आफ्नी श्रीमतीलाई सरकार चलाउने कुनै अधिकार नभए पनि सत्ता हातमा लिने संवैधानिक अधिकार दिएको, उपराष्ट्रपति र सरकारी कर्मचारीहरुको अपमान गरिरहेको र सेनाको बदनाम गरेको लगायतका अभियोग लगाउन लागिएको पल मनाङग्याग्वाले बताए।

सेनाका उच्च अधिकारीहरुले आफूहरुले मुगाबेको भविष्यबारे एउटा मार्गचित्र बनाइसकेको र पदबाट हटाइएका पूर्व उपराष्ट्रपति एमर्सन मननङग्याग्वा छिट्टै देश फर्कने पनि बताएका छन्।

राष्ट्रपति मुगाबेका सम्भावित उत्तराधिकारीको रुपमा उनकी श्रीमती ग्रेस मुगाबे र मनाङग्याग्वा दुवैलाई हेरिएको थियो।

तर यो महिनाको शुरुमा मुगाबेले उपराष्ट्रपतिलाई बर्खास्त गरेपछि आफ्नी श्रीमतीलाई उत्तराधिकारीका रुपमा प्रस्तुत गर्न लागिएको रुपमा हेरिएको थियो जसका कारण सेनाले हस्तक्षेप गर्यो।

सेनाका प्रमुख अधिकारीले मुगाबे र मनाङग्याग्वा सम्पर्कमै रहेको र छिट्टै भेटवार्ता गर्ने बताएका छन्।बिबिसी