माघ १० गते सार्वजनिक विदा - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

माघ १० गते सार्वजनिक विदा



बाग्मती प्रदेश सरकारले माघ १० गते सार्वजनिक विदा दिने भएको छ । तामाङ समुदायको चाड सोनाम ल्होसारको अवसरमा सरकारले सार्वजानिक बिदा दिने निर्णय गरेको हो।

माघ १० गते पर्ने चाड पारेर सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री सालिकराम जमकटेलले जानकारी दिए। सार्वजानिक बिदाबाहेक बैठकले ७ वटा निर्णय गरेको छ।

बैठकले अन्तर प्रदेश बासिन्दाको सामान सुरक्षा, व्यवहार र सुविधा सम्बन्धमा व्यबस्था गर्न विधेयक तर्जुमा गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने, आर्थिक बर्ष ०७७/०७८ को लागि सङ्घीय विषेश अनुदान सम्बन्धमा, आर्थिक बर्ष ०७७/०७८ का लागि संघीय समपुरक अनुदान सम्बन्धमा, स्थानीय तहलाई दिइने प्रदेश समपुरक अनुदानको दोस्रो चरणका योजनाहरू स्वीकृत गर्ने निर्णय गरेको छ।

यसैगरी घरेलु तथा साना उद्योग कार्यालय सम्बन्धमा, प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५ लाई संसोधन गर्न बनेको विधेयक स्वीकृती सम्बन्धमा र प्रदेश स्वास्थ्य सेवा नियमावली, २०७६ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिए।

आइतबार मात्र प्रदेशसभाबाट बाग्मती प्रदेश र स्थायी राजधानी हेटौंडा राख्ने २ तिहाईबाट पारित भएको थियो। स्थायी राजधानी हेटौंडा र बाग्मती प्रदेश नामाकरण भएपछि आइतबार नै मन्त्रिपरिषदको बैठक बसेको हो।