ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु



हिमाल पोष्ट / वालिङ, २९ मङ्सिर । माटोको ढिस्कोले पुरिएर स्याङ्जाको भीरकोट–३ अर्चले पाखामा आज अपराह्न एक मजदुरको मृत्यु भएको छ ।

वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार स्याङ्जाको बयरघारी बजारबाट पर्वत जाने बाटोको स्तरोन्नति गर्ने काममा संलग्न दाङ घोराही नगरपालिका–६ का ४७ वर्षीय हेमराज आचार्यको मृत्यु भएको हो ।

बाटोभन्दामुनि जाली भर्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर मजदुर आचार्यको घटनास्थलमै ज्यान गएको हो । यो घटनामा घाइते अर्का मजदुर जाजरकोट डाडाँगाउँ–१ का ४९ वर्षीय खड्गबहादुर पुनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । रासस