मड्रिड डर्बी बराबरी - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

मड्रिड डर्बी बराबरी



गएराती भएको स्पेनिस ला लिगामा एथ्लेटिको मड्रिड र रियल मड्रिडले एक एक गोलको बराबरी खेलेका छन्।

 

क्रिष्टियानो रोनाल्डोले लगातार दशौं खेलमा रियल मड्रिडका लागि गोल गरे पनि मड्रिड डर्बी बराबरीमा सकिएको हो।

मड्रिड डर्बीमा क्रिष्टियानो रोनाल्डोको गोलमा ५३ औं मिनेटमा रियलले अग्रता लिए पनि त्यसको चार मिनेटमै एथ्लेटिकोका लागि एण्टेनियो ग्रिजम्यानले बराबरी गोल फर्काएका थिए।

दोश्रो स्थानको एथ्लेटिकोलाई बराबरीमा रोके पनि अर्को खेलमा भ्यालेन्सियाले स्पानियोललाई १ शुन्यले हराएपछि रियल अंकतालिकाको चौथो स्थानमा झरेको छ। समान ३१ खेलबाट एथ्लेटिकोको ६८, भ्यालेन्सियाको ६५ र रियलको ६४ अंक छ।

निर्धारित समयको खेल सकिन २६ मिनेट बाँकी छादा नै आश्चर्यजनक रुपमा रोनाल्डोलाई सब्सिच्युट गरिएको थियो। उनको स्थानमा करिम बेन्जिमा आएका थिए।

यो जितले एथ्लेटिको मड्रिडलाई रियल भन्दा ४ अंक अगाडि दोस्रो स्थानमा कायमै राखेको छ तर, लिग लिडर बार्सिलोना भन्दा ११ अंकले पछाडि छ।