तोकियो मदिरा सेवन गर्ने समय ,अरुबेला पिउन नपाईने

जाजरकोट । नलगाड नगरपालिकाले मदिरा सेवन गर्ने समय तोकेको छ । जुनसुकै बेला मदिरा सेवन गर्दा त्यसबाट अशान्ति र अमर्यादित कार्य भएको भन्दै नगरपालिकाले समय तोकेको हो ।
नगरपालिकाले एक महिनाभित्र पूर्णरूपमा मदिरा निषेध गर्ने उदेश्यले अहिलेलाई सेवन अवधि तोकेको हो । नगरपालिकाले नमूना बस्तीबाहेक अन्य ठाउँमा बेलुका ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने निर्णय छ । नगरपालिकामा १३ ठाउँमा नमूना बस्ती छ ।
निर्णय साउन १ गतेदेखि कार्यान्वयन गरिएको कात्तिकसम्म लागू हुने नगरपालिकाले जनाएको छ । मंसिरदेखि बेलुका ६ बजेदेखि ८ बजेसम्म मदिरा सेवन गर्न भएको छ । चैत १ गतेदेखि २०७७ असार मसान्तसम्म ७ बजेदेखि ९ बजेसम्म मात्र मदिरा सेवन गर्न पाइने उल्लेख छ ।
छिमेकी जिल्ला रुकुम पश्चिम आठविसकोट नगरपालिकाको सिको गर्दै नलगाड नगरपालिकाले मदिरा निषेध गर्ने अभियान थालेको हो ।

