मदिरा व्यवसायी सङ्घको अन्तरक्रिया कार्यक्रम सम्पन्न - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मदिरा व्यवसायी सङ्घको अन्तरक्रिया कार्यक्रम सम्पन्न



सैनामैना : मदिरा व्यवसायी सङ्घ अन्तर्गत सैनामैना नगर समितिको आयोजनामा अन्तरक्रिया एवम् परिचयात्मक कार्यक्रम सैनामैनामा सम्पन्न भएको छ ।

बाबुराम ज्ञवालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासङ्घका अध्यक्ष कृष्ण प्रसाद नेपाल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथिमा सैनामैना नगरपालिका कि उप प्रमुख बिना राना,ब्यापार संघ सैनामैनाका अध्यक्ष्य ,मदिरा व्यवसायी सङ्घ रुपन्देहीका निवर्तमान अध्यक्ष सुलोचन ढकाल , मदिरा व्यवसायी एवम अन्य अतिथिको उपस्थिति रहेको थियो ।

समाहारोमा मदिरा व्यवसायीले आफ्ना समस्या बारे छलफल गरेका थिए । अधिकांश व्यवसायीले अवैध मदिराले व्यवसाय एवम् समाजमा परेको नकारात्मक प्रभाव बारे प्रशासन र नगरपालिकालाई अवगत गराए ।उनीहरूले अवैध रूपमा सञ्चालन भएका पसलहरूलाई पनि कानुनी दायरामा ल्याउन प्रशासन सँग माग गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरपालिका उपप्रमुखले चाडै नै सहकार्य गरी समस्याको समाधान गर्ने आश्वासन दिइन ।

मदिरा व्यवसायी महासंघ रुपन्देहीका महासचिव प्रितम गिरिले स्वागत गरेको सो कार्यक्रमको सञ्चालन राम बहादुर क्षेत्रीले गरेका थिए ।