आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

आयोगद्वारा मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक



काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।आयोगले पहिलो चरणको निर्वाचनका लागि असोज २० गते उम्मेदवारी मनोनयन र असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका तयार गरेको हो ।

केपी ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो । सोहीअनुसार आयोगले आफ्नो कार्यतालिका सार्वजनिक गर्न लागेको हो ।

आयोगले निर्वाचन प्रयोजनका निम्ति दल दर्ताका लागि असार ३१ देखि साउन १५ गतेसम्मको समय दिने भएको छ । निर्वाचन कार्यतालिकासम्बन्धी विस्तृत विवरण केहीबेरमा सार्वजनिक हुने भएको छ ।