नेम्वाङ र पोखरेल पनि मध्यमार्गी नेतासँगै - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

नेम्वाङ र पोखरेल पनि मध्यमार्गी नेतासँगै



काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलेका सांसदहरूले प्रतिनिधिसभाको बैठकमा हङ्गामा गर्दा मध्यमार्गी नेताहरू भने तथष्ट बसेका छन् । शुक्रबार सुरू भएको बैठकमा उनीहरू होहल्ला गर्नतिर नलागेर उनीहरू छुट्टै उभिएका छन्।

एमाले विभाजन हुँदा माधव नेपालको साथ् छाडेर एकता पक्षधर बनेका मध्यमार्गी नेताहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराईहरू छुट्टै उभिएर छलफल गरिरहेका थिए ।
एमालेले पार्टी विभाजनमा सभामुख अग्निप्रसाद सापकोटा मतियार बनेको आरोप लगाउँदैशुक्रबारको बैठकमा पनि अवरोध जारी राखेको थियो । बैठकमा एमालेका सांसदहरूले सभामुखविरुद्ध नाराबाजी गरिरहँदा उनीहरू साइड लागेका थिए । ती नेताहरूविरोधमा उत्रिएका थिएनन ।

भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेहरूले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसँग उभिएर छुट्टै कुराकानी गरिरहेका थिए । तर, एमालेका अन्य सांसदहरू भने बेल घेराउ गर्दै सभामुखविरुद्ध नाराबाजी गरिरहन्छन् ।

शुक्रबार सभामुखले सदन चल्न दिन बारम्बार आग्रह गरेपनि एमाले सांसदहरूले ‘संसदीय सर्वोच्चता कायम गर, दल विभाजन षडंयन्त्र मुर्दावाद’ लगायतका नारा लगाएका थिए । एमालेले सभामुख सापकोटाले पार्टी विभाजनलाई सहयोग पुर्‍याएको संसद अवरोध गर्दै आएको छ । एमालेको अवरोधपछि शुक्रबार बसेको संसद बैठक १५ मिनेटका लागि स्थगित हुन पुग्यो ।