अर्थ मन्त्रालयबाट धपाईए अर्थसचिव मधु मरासिनी - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

अर्थ मन्त्रालयबाट धपाईए अर्थसचिव मधु मरासिनी



काठमाडौं– अर्थ मन्त्रालयका अर्थसचिव मधु मरासिनीलाई सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा तानेको छ।

जनार्दन शर्मा अर्थ मन्त्रीमा पुन: नियुक्त भएलगत्तै बिदामा बसेका मरासिनीलाई बिहीबार बसेको मन्त्रीपरिषद्‌को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा तानेको हो।

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्मासँग असन्तुष्ट भएका मरासिनी अहिले भने प्रधानमन्त्री कार्यालयमा तानिएका हुन् ।

बजेट निर्माण प्रकरणमा सचिवहरुको समेत आलोचना भएपछि उनी बीदामा बसेका थिए। असार २२ गते प्रतिनिधि सभाले छानबिन समिति गठन गरेपछि शर्माले राजीनामा दिएका थिए।

सोही दिन बिदामा बसेका मरासिनी पुन: काममा फर्केका थिए। तर शर्माले छानबिन समितिबाट १७ दिनपछि सफाइ पाएर पुन: सपथ लिँदै मन्त्रालय आएपछि उनी मन्त्रालयमा अनुपस्थित थिए ।

मरासिनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा सरुवा गरिएपछि अर्थ सचिवको जिम्मेबारी राजश्व सचिव कृष्णहरि पुष्करलाई दिइएको छ।