जो टिकेनन् मधेसवादी दलमा: धरापमा मधेसी दल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

जो टिकेनन् मधेसवादी दलमा: धरापमा मधेसी दल



काठमाडौं-

नेपाली कांग्रेसको विभाजन भई २००८ सालमा गठन भएको तराई कांग्रसले मधेसवादी राजनीतिको थालनी गर्यो ।

तर उक्त दल पनि केही बर्षमै समाप्त भयो । आजको नेपाल समाचारपत्रमा बीपी साहले लेखेका छन् ।

लामो समयको अन्तरालपछि २०४६ सालबाट मधेस केन्द्रित दल नेपाल सद्भावना पार्टीको विस्तार भयो ।

तर अहिले सद्भावना पनि समाप्त भएर सद्भावनाका नेताहरु राष्ट्रिय राजनीतिको दौडमा लागेका छन् ।

पछिल्लो मधेस आन्दोलनबाट मधेस शब्द राखेरै उपेन्द्र यादवसहितले राजनीति शुरु गरे पनि पछिल्लो समय यादव पनि राष्ट्रिय राजनीतिको दौडमा छन् ।

मधेसवादी मानिएका प्रमुख दुई दलले पार्टीको नामबाट मधेस शब्द हटाउनुका साथै विधानमा पनि राष्ट्रिय पार्टीको रुपमा आफूलाई चित्रण गरेका छन् ।

मधेसवादी दलका नेताहरु पनि वाद र संगठन परिवर्तनमा होमिएका छन् ।

जसले गर्दा मधेसवादी राजनीतिसँगै मधेसवादी नेताहरु पनि धरापमा परेका छन् ।

विजय गच्छदार पुन कांग्रेसमा फर्किएका छन् ।

फोरमको उदयसँगै मधेसवादी राजनीतिबाट राजनीतिमा आएका रामेश्वर राय यादव माओवादी केन्द्रमा गएका छन् ।

क-कसले छाडे मधेसवादी पार्टी ?
-हृदयेश त्रिपाठी एमालेमा सहमाहित भएका छन् ।
-अभिशेष प्रताप शाह पनि नेपाली कांग्रेस गएका छन् ।
-कपिलवस्तुका बृजेश गुप्ता पनि एमालेमा समाहित भएका छन् ।
-जंगिलाल राय यादवले पनि मधेसवादी पार्टी छाडेर बाम गठबन्धनबाट चुनाव लड्दैछन् ।
-राजपाका उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारी पनि एमालेमा प्रवेश गरेका छन् ।

राजपा नेता लक्ष्मण लाल कर्ण भन्छन्:

-एजेन्डाका आधारमा कुनै नेताले पार्टी त्यागेका छैनन् ।

-अधिकांश नेताहरु व्यक्तिगत फाइदाका लागि मधेसवादी दल छाडेका हुन् ।