माधव नेपालले मागे सूर्य चिन्हमा भोट - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

माधव नेपालले मागे सूर्य चिन्हमा भोट



नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमालेको ‘सूर्य’ चिह्नमा मात्रै भोट हाल्न मतदातालाई आग्रह गरेका छन्।

अध्यक्ष नेपालले ‘सूर्य’ चिह्नमा बाहेक अन्यत्र भोट नहाल्न भन्दै मतदातालाई आग्रह गरेका थिए । एकीकृत समाजवादी महालक्ष्मी नगर कमिटीले मंगलबार गरेको चुनावी सभामा उनले यस्तो भनेका हुन्।

अध्यक्ष नेपालले आफ्नो दलको चुनाव चिह्न ‘कलम’ मा भोट हाल्न भन्नुपर्नेमा उनले झुक्किएर ‘सूर्य’ मा भोट हाल्न आग्रह गरेपछि उपस्थित कार्यकर्ता आश्चर्यमा परेका थिए ।

‘सूर्य’ चिन्हमा मात्रै छाप लगाउँदै जाने हो,’ माधव नेपालले सम्बोधनका क्रममा भने। उनले त्यसो भनेपछि कार्यक्रममा सहभागी नेता–कार्यकर्ताले ‘कलम’मा भनेर सम्झाए।

त्यसपछि अकमकिएका उनले नेपालले ‘सरी’ भन्दै ‘सूर्य’ होइन‘कलम’ मत हाल्न आग्रह गरे।
राम्रा उम्मेदवारहरूलाई ‘सूर्य’मा मात्रै छाप लगाउँदै जाने हो मेयरमा’, उनले भनेका थिए। त्यसपछि उनले ‘सूर्य’लाई अस्वीकार गरे पनि झुक्किएको बताए।

उनले झुक्किएको थाहा पाएपछि आफैंले सूर्य ल्याएको पनि बताए। ‘उहिले मैले नै ल्याएको हो वास्तवमा। ‘सूर्य’लाई अस्वीकार गरेर, ‘कलम’ चिह्नमा लगाएर जिताउन भन्न सकिन्छ, उम्मेदवारको संख्या फरक–फरक होला, तर मैले विभिन्न ठाउँमा नारा लगाउने गरेको छु। सात ‘कलम’ सात छाप नेकपा एकीकृत समाजवादी जिन्दावाद!’