ओलीले सम्झौता गरेको एसपीपी हामीले फिर्ता पठायौँ: नेपाल - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

ओलीले सम्झौता गरेको एसपीपी हामीले फिर्ता पठायौँ: नेपाल



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देशभक्त हुनुपर्ने कम्युनिस्टहरूले देश र जनतालाई पटक पटक अप्ठ्यारोमा पार्ने काम गरेको बताएका छन्।

‘देशको प्रधानमन्त्री भइसकेका कम्युनिस्ट पार्टीका अध्यक्ष केपी ओली नै एसपिपीमा संलग्न भएका रहेछन्’ पार्टीको केन्द्रीय परिषदलाई सम्बोधन गर्दै नेपालले भने ‘सत्ताको आयु बढाउनका लागि। सामान्यतया कम्युनिस्ट पार्टी त देशभक्त हुनुपर्ने। तर त्यसो भएन। ओलीले पार्टी र देशलाई अप्ठ्यारो पार्ने काम गरे।’

उनले अब देश बचाउने र देशभक्त नेपालीलाई एकतावद्ध गराउने जिम्मेवारी अब नेकपा एसको काँधमा आएको बताए।

‘यस्ता ओलीका विरुद्ध संघर्ष गर्दा गर्दै हामीले गठबन्धन गर्‌यौं’ उनले भने ‘गठबन्धन विश्वपरिस्थितिको बारेमा गम्भिर छ। हामी गम्भिर छौं। हामीले त्यो एसपिपी स्विकार गरेनौं।’

उनले शक्ति राष्ट्रको संघर्षबाट नेपाललाई जोगाउन र नेपाललाई उनीहरुको अखडामा हुनबाट बचाउनका लागि सबै पार्टी एक हुनुपर्नेमा जोड दिए।

‘आज नेपालमात्रै होइन विश्व नै तनावपूर्ण अवस्थामा छ। शक्ति राष्ट्रहरुको द्दवन्द्वको अखडामा नेपाल पनि पर्ने त होइन भन्ने चिन्ता छ’ उनले भने।