माधव नेपाल र वनमन्त्री यादवले फिल्म खेल्ने - Himal Post Himal Post
  • २१ जेष्ठ २०८३, बिहीबार
  •      Thu Jun 4 2026
Logo

माधव नेपाल र वनमन्त्री यादवले फिल्म खेल्ने



नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र वन तथा वातावरणमन्त्री प्रदीप यादवले एक फिल्ममा अभिनय गर्ने भएका छन् ।

अभिनेता रमित ढुंगानाले बनाउन लागेको फिल्म ‘मुस्कान’मा उनीहरूले अभिनय गर्ने भएका छन् । ‘मुस्कान’ एसिड सर्भाइभर किशोरी मुस्कान खातुनको जीवनमा आधारित रहेर बन्न लागेको फिल्म हो ।

फिल्ममा मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, नेता माधवकुमार नेपाल लगायतको समेत अभिनय रहनेछ । साउन अन्तिमदेखि छायांकन सुरु हुने फिल्ममा मुस्कानको जीवनमा सहयोग गर्ने नेताहरुको भूमिका उनीहरुद्वारा नै निर्वाह गराउन लागिएको निर्देशक रमितले बताए ।

‘फिल्ममा बन मन्त्री यादव मात्र होइन, उनको जीवनमा सहयोगी बनेर देखापर्ने अन्य राजनीतिक नेताहरुको पनि देखिने छन्’ ढुङ्गानाले भने ‘माधव नेपाल, लालबाबु राउत लगायत पनि देखिनेछन् ।’ खातुनलाई वास्तविक जीवनमा सहयोग पुर्याउने पात्रलाई नै फिल्ममासमेट्न लागेको रमितको भनाइ छ । फिल्मको मुख्य भुमिकामा मुस्कान स्वयम् रहने छिन् ।