बिहानै नेपाल निवास पुगेर धन्यवाद दिएर फर्किए प्रचण्ड - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

बिहानै नेपाल निवास पुगेर धन्यवाद दिएर फर्किए प्रचण्ड



काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

नेता नेपाललाई भेटन प्रचण्ड आज बिहान उनकै निवास कोटेश्वर पुगेका थिए। पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा सहभागी हुन जानु पूर्व प्रचण्ड नेता नेपाललाई भेटन् पुगेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्य ८औं स्मृति दिवसमा नेकपा माओवादी केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले आफूले बिहान माधव कुमार नेपालसँग भेटवार्ता गरेर आएको बताएका थिए। ‘आज बिहान माधव नेपाल जि को मा पसेर आएको हुँ। गठबन्धनकै विषयमा छलफल भयो,’ उनले भने,‘हिजो तपाईले सही व्यङ्ग गर्नुभयो भने।’

ओलीलाई महाराजधिराजले राम्रो गर्नुभयो आममाफी दिनुभयो भनि नेता नेपालले गरेको व्यङ्ग्य राम्रो रहेको भन्दै आफूले धन्यवाद दिएको प्रचण्डले बताए।

कार्यक्रममा बोल्दै प्रचण्डले केपी ओली नराम्रोसँग इतिहासमा पछारिएको बताए। ‘विक्षिप्त छन बरबराउन थालेका छन्। यो पनि धेरै दिन रहन्छ जस्तो लाग्दैन,’उनले भने, ‘उनकै समूहभित्रका मानिसले पनि उनलाई चिन्ने क्रम पार्टीभित्र नै सुरु भइसकेको छ।’