माधव नेपाललाई कारबाही गर्न आयोगले पठायो प्रहरीलाई पत्र - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

माधव नेपाललाई कारबाही गर्न आयोगले पठायो प्रहरीलाई पत्र



पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई निर्वाचन आचारसंहिता उल्लंघनमा कारबाही प्रक्रिया अघि बढाउन निर्वाचन आयोगले प्रहरीलाई पत्राचार गरेको छ।

आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय, रौतहतलाई पत्र पठाएर कारबाही प्रक्रिया अघि बढाउन भनेको हो। आयोगको पत्रमा भनिएको छ, ‘माधवकुरमा नेपालबाट निर्वाचनको सम्मुखमा युवालाई विदेश पठाउने भनी सार्वजनिक रुपमा प्रलोभन देखाउने कार्य गरेकाले सम्बन्धमा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ को दफा ३९ बमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन अनुरोध छ।’

नेपाल रौतहट–१ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार छन्। उनले चुनावी कार्यक्रममा आफूले जितेमा पैसाविनै विदेश जोनलाई काठमाडौंमा तालिम दिने र विदेश पठाउने आश्वासन दिएको पाइएको आयोगले जनाएको छ।

यस विषयमा आयोगले आजै नेता नेपालसँग २४ घण्टे स्पष्टीकरण मागेको थियो। तर, स्पष्टीकरणको म्याद नसकिँदै आयोगले कारबाही  प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको हो।