एमालेमै फर्किन माधव नेपाललाई केपी ओलीले दिए नयाँ 'अफर' - Himal Post Himal Post
  • २५ जेष्ठ २०८३, सोमबार
  •      Mon Jun 8 2026
Logo

एमालेमै फर्किन माधव नेपाललाई केपी ओलीले दिए नयाँ ‘अफर’



एमालेबाट अलग भई एकीकृत समाजवादी पार्टी गठन गरेका माधवकुमार नेपाललाई नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ अफर गरेका छन् ।

नेपालका लागि एमालेमा किने ठाउँ नभएको बताइरहेका ओलीले एकाएक एमालेमै फर्कन भन्दै अफर दिएका हुन् । उनले नेपाललाई एमालेमै फर्कंन सार्वजनिक रूपमा आग्रह गरेका छन् ।

चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकीकृत समाजवादी अध्यक्ष नेपाललाई एमालेमै फर्कंन आग्रह गर्दै एमालेमा फर्केको खण्डमा जिम्मेवारी पनि दिने बताए ।

एमाले विभाजनपछि ओलीले नेपाललाई एमालेमै फर्कन पहिलोपटक आग्रह गरेका हुन् । तत्कालीन नेकपाभित्रको विवाद र एमाले विभाजनपछि नेपालप्रति कटाक्ष गर्दै आएका ओलीले चुनावको मुखमा नेता नेपाललाई एमालेमा फर्कन आग्रह गरेका हुन् ।

उनले एमालेमा फर्किएमा नेपाललाई महत्वपूर्ण जिम्मेवारी दिनेसमेत बताए । तर, यसका लागि विगतमा भएका गल्ती सच्याउनुपर्ने अध्यक्ष ओलीको सर्त छ ।

विगतमा भएका गल्ती सच्याएर एमालेमा आएमा अध्यक्ष नेपाललाई विगतका तिता कुरा बिर्सिएर महत्वपूर्ण जिम्मेवारी दिन एमाले तयार रहेको ओलीको भनाइ छ ।