माधव नेपालले कोमल वलीलाई भने- माया बैगुनी हुन्छ, नभई नहुनि - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

माधव नेपालले कोमल वलीलाई भने- माया बैगुनी हुन्छ, नभई नहुनि



काठमाडौं । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले ‘विवाह जुनसुकै धर्म र जातिका ब्यक्तिसँग गर्न सकिन्छ । तर जाँड रक्सी खाने ब्यक्तिसँग कसैले विवाह नगर्नु होला । विवाह नगरी श्रृष्टी चल्दैन, विवाह त आखिर गर्नेपर्छ’ नेपालले विवाहविना श्रृष्टी चल्दैन भनिरहेका बेला स्टेजमै रहेका अविवाहित नेत्री शान्ता मानवी, कोमल ओली, ममता गिरी र जयन्ती राई दिल खोलेर हाँसे ।

पूर्वप्रधानमन्त्री नेपाल यतिमै रोकिएनन् ‘माया बैगुनी हुन्छ, नभई नहुनि पनि हुन्छ’ माया बस्यो भने कुनै जात र धर्म हेर्नु हुँदैन । तर केटाले जाँड र रस्सी खान्छकी खाँदैन त्यो भने हेर्नु पर्छ है कोमल ओलीजी ।’ स्टेजमा बसेकी कोमल ओली पनि हाँस्दै ‘हुन्छ’ भनिन् ।

प्रसंग हो शनिवार पूर्व सांसद अनारकली मियाँको पुस्तक विमोचन कार्यक्रमको । अनारकली मियाँले आफ्नो जीवनमा घटेका घटनालाई समेटेर ‘संसदमा पहिलो पाइला’ नामक संस्मरण प्रकाशित गरेकी छिन् । पुस्तक विमोचन कार्यक्रममा प्रमुख अतिथि थिए–पूर्वप्रधानमन्त्री एवं नेकपा बरिष्ठ नेता माधवकुमार नेपाल ।

नेता ज्ञवालीले पुस्कको समिक्षा अन्तरधार्मिक विवाह र प्रेमका विषयमा गरेलगतै वरिष्ठ नेता नेपाल कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए । उनले पाटी र सरकारका बिषयमा धेरै बोलेनन् । तर अन्तरधार्मिक विवाहका कारण हजारौ जोडिले सास्ती भोग्दै आएको बताए । आफुसँग बारा, पर्सा र रौतहटबाट अन्तराधार्मिक विवाहका दर्जनौ गुनासा आउने गरेको बताए । कुनैपनि अन्तरधर्मको विवाह खुसीमय बन्न नसकिरहेका बेला रमेश र अनारकली समाजमा एैना बनेको नेपालले बताए ।

रमेश र अनारकलीलाई समाजको एैना बनेको र बास्तविक कम्यूनिष्टको कार्यकर्ता भएको भन्दै नेता नेपालले बधाई दिए । उनले कतिपय बेला ठट्यौलो पारामा उनीहरुलाई उर्जा दिने काम पनि गरे । ‘अनारकली हजुर आमा (बज्यै) बन्न लागिसक्नु भयो तर उहाँ अझै विवाह नभएको केटीजस्तै हुनुहुन्छ है रमेशजी’ नेता नेपालले भने ।