माधव नेपाललाई विदेश भ्रमण भ्याई नभ्याई , फेरी अमेरिका जाने तयारी - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

माधव नेपाललाई विदेश भ्रमण भ्याई नभ्याई , फेरी अमेरिका जाने तयारी



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल अमेरिका जाने भएका छन् ।

चीन भ्रमणबाट फर्किएको भोलिपल्टै नेता नेपाल अमेरिका जाने भएका भएका हुन् । नेता नेपाल भाइको छोरीको विवाहमा सहभागी हुन सोमबार साँझ अमेरिका प्रस्थान गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ ।

उनी ३ तारिखमा फर्कने कार्यक्रम छ । नेता नेपालले आफ्नो भ्रमणबारे सोमबार विहान सचिवालय बैठकमा जानकारी गराएका थिए ।