माधव नेपालले कारबाही गर्न आयोग समक्ष केपी ओलीको माग - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

माधव नेपालले कारबाही गर्न आयोग समक्ष केपी ओलीको माग



झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको मुखमा ‘फ्रि-भिसा र टिकट’को आश्वासन बाँड्नेलाई कारबाही गर्न माग गरेका छन् ।

झापाको धुलाबारीमा बुधबार एमाले र राप्रपाले आयोजना गरेको संयुक्त कार्यकर्ता भेलामा ओलीले रौतहटमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका माधव नेपालले फ्रि–भिसा र टिकटको लोभ देखाएर युवाहरूलाई भ्रमित गरेको भन्दै आपत्ति जनाए ।

बारा-४ का गठबन्धनका उम्मेदवार किसान श्रेष्ठले पनि युवालाई फ्रि–भिसा र टिकटको लोभ देखाएकोमा निर्वाचन आयोगले तत्काल कारबाही गर्नुपर्ने माग गरे ।

श्रेष्ठले मतदाता प्रभावित पार्न परवानीपुरस्थित बिएस पार्टी प्यालेसमा आइतबार अन्तर्वार्ता राख्न लगाएकाे समाचार प्रकाशन भएकाे थियाे ।

श्रेष्ठका स्वकीय सचिव जगत श्रेष्ठको निर्देशन बमोजिम ललितपुर–७ ग्वार्कोस्थित इन्टरनेशनल म्यानपावर रिक्रुटमेन्ट कम्पनीले परवानीपुरमा मलेसिया जाने युवाहरुको अन्तर्वार्ता राखेको खबर बाहिरिएपछि निर्वाचन आयोगले यसबारे श्रेष्ठलाई स्पष्टीकरण सोधिसकेको छ ।