अब माधव नेपालको मूल्य एक सुका पनि पर्दैन: सुर्य थापा - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

अब माधव नेपालको मूल्य एक सुका पनि पर्दैन: सुर्य थापा



नेकपा (एमाले) का नेता सूर्य थापाले आफ्नो पार्टीले एक सुका मूल्यमा लिन मिल्ने भएपनि माधव नेपाललाई अब लिन नहुने कडा टिप्पणी गरेका छन् ।

नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उनले अब नेपाली राजनीतिमा माधव नेपालको उपयोगिता सकिएको बताएका हुन् ।

उनले भने,”माधव नेपाललाई त एक सुकामा दिएपनि एमालेले लिन हुन्न, उहाँको उपयोगिता सकियो, उहाँले धोका, गद्दारी, हाम्रा विरुद्धको गठबन्धन, उहाँले गर्न नहुने सबै हर्कत गरिसक्नुभयो, उहाँ नेपाली कांग्रेसको केही दिएको चिज खाएर बस्नुहुन्छ, उहाँलाई हामीले एक सुका मूल्यमा पनि लिनुहुन्न ।”

उनले आफ्ना नेताहरुले प्रचण्ड र चित्रबहादुर केसीहरुसँग वार्ता नगरेको दाबी गरे । उनले अब प्रचण्डको पुच्छर समाएर कुनै बैतर्नी पार हुन्छ भन्ने पनि आफूहरुमा भ्रम नरहेको जिकिर गरे ।

उनले भने-“हामीले प्रचण्डलाई भोगेका छौं, मोहनविक्रम र चित्रबहादुरहरुको दुर्दशा पनि भोगेका छौं । उनीहरु आँफै त महादेव, उत्तानो परको अवस्थामा छन्, तिनले एमालेको के संकटमोचन गर्नु ? आँफै समाप्त हुन लागेका शक्तिहरुले हाम्रो के रेस्क्यु गर्छन् ? हाम्रा नेताहरुले प्रचण्ड वा अरु कुनै नेतालाई भेटेका छैनन् ।”