दरबारको वक्तव्य आफूहरूले लेखेको माधव नेपालको खुलासा - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

दरबारको वक्तव्य आफूहरूले लेखेको माधव नेपालको खुलासा



काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले २०६३ वैशाख ११ गते तत्कालिन राजा ज्ञानेन्द्रले आफूहरुले दिएको वक्तव्य पढेको दावी गरेका छन्।

भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले शनिबार राजधानीमा गरेको ‘भरतमोहन अधिकारी व्यक्ति एक, व्यक्तित्व अनेक’ कार्यक्रममा बोल्दै नेता नेपालले २०६३ वैशाख ११ गते राजा ज्ञानेन्द्रले जारी गरेको विज्ञप्तिको ड्राफ्ट एमालेले गरेर दिएको बताएका हुन्।

कार्यक्रमा बोल्दै नेता नेपालले उक्त विज्ञप्ति लेख्ने काम स्वर्गीय अधिकारीले गरको दावी गरे।

‘कांग्रेसले र हामीले छुट्टाछुट्टै ड्राफ्ट दिएका थियौँ। दरबारको पनि छुट्टै थियो। हामीले हाम्रो ड्राफ्टअनुसार राजाको सम्बोधन हुनुपर्छ भन्ने अडान राखेपछि ज्ञानेन्द्रको ९ बजेका लागि हुने भनिएको घोषणा राति ११ बजे भयो’, नेपालले दावी गरे।

नेपालले अगाडि थपे, ‘सुरुमा प्यारा देशबासीहरु र अन्तिममा श्रीपशुपतिनाथले हामी सबैको कल्याण गरुन् भन्ने बाहेक राजाले सबै हामीले लेखेर दिएको पढे। वास्तवमा भन्ने हो भने त्यही घोषणा नै राजतन्त्र अन्त्यको जग थियो।’

नेता नेपालले अधिकारीलाई स्पष्ट विचार भएको, सही विषयमा अडान लिन सक्ने र अप्ठेरो परेका बेला निकास दिन सक्ने खुबी भएको नेता रुपमा स्मरण गरेका थिए।