माधव नेपालले गरे ओलिबारे गम्भीर खुलासा - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

माधव नेपालले गरे ओलिबारे गम्भीर खुलासा



काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले आफू प्रचण्डसंग नजिकिएको खुलासा गरेका छन् ।

अन्नपूर्णले लिएको अन्तरवार्तामा नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो व्यक्तिगत दूरी बढेको पनि स्वीकारेका छन् ।

ओलीसँग दूरी बढेपछि प्रचण्डसँग नजिक बनेको उनको भनाइ छ । ‘कमरेड केपीसँग मेरो व्यक्तिगत रूपमा दूरी बढेको हो । उहाँसँग दूरी बढेपछि स्वभाविक रूपमा प्रचण्डसँग निकटता बढेको हो ।

मुख्य कुरा विचारले निकट र टाढा बनाउने हो । कार्यशैली र व्यवहारले निकट र टाढा बनाउने हो,’ नेता नेपालले अन्तरवार्तामा भनेका छन् ।

नेता नेपाल पछिल्लो समय ओलीसंग निकै रुष्ट बन्दै आइरहेका छन् । चुनाव अगाडीबाट नै नेपाल प्रचण्डसंग निकै नजिक देखिएका छन् ।

पछिल्लो समय भैंसेपाटीस्थित बामदेव गौतमको निवासमा प्रचण्डको नेतृत्वमा बसेको बैठकमा पनि उनले निर्णायक भूमिका खेलेका थिए ।

पार्टी संचालन र सरकार संचालनमा ओलीले एकलौटी गर्न खोजेको, पार्टीमा गुट बोकेर राजनीति गरेको लगायतका आरोप उनले लगाउने गरेका छन् ।

अहिले पार्टी र सरकारमा प्रधानमन्त्री ओली अल्पमतमा छन् र यो अवस्था बनाउन माधव नेपालले निकै ठुलो भूमिका खेलेको जानकारहरू बताउँछन् ।