माधव नेपाल अस्पताल भर्ना - Himal Post Himal Post
  • १० श्रावण २०८३, आईतवार
  •      Sun Jul 26 2026
Logo

माधव नेपाल अस्पताल भर्ना



काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको छ ।

उनलाई केहिदिन देखि कोरोनाको जस्तै लक्षण देखिएका थिए । नेता नेपाललाई ज्वरो र खोकीको समस्या देखिएपछि बुधबार त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको उनको निजी सचिवालयले जानकारी दिएको छ।

चिकित्सकहरुले केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह दिएका नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन्। अहिले नेता नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

नेपालको उपचारमा त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा सन्तकुमार दास सहितको टोली संलग्न रहेको जनाइएको छ।