मदन भण्डारीको सपना पुरा गर्ने प्रचण्डको घोषणा - Himal Post Himal Post
  • २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
Logo

मदन भण्डारीको सपना पुरा गर्ने प्रचण्डको घोषणा



काठमाडौं– मदन भण्डारीको सपना पुरा गर्ने प्रचण्डले घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले स्वर्गीय मदन भण्डारीको सोच नेपाल निर्माणका लागि अग्रणी भएको पनि बताएका छन् ।

मदन आश्रित स्मृति दिवसको अवसरमा नेकपाले बल्खुमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनमा मदन भण्डारीको योगदान अतुलनीय रहेको बताए । भण्डारीले ल्याएको बहुदलीय समाजवाद कम्युनिस्ट आन्दोलनका लागि एक माग दर्शन भएको बताए ।

प्रचण्डले मदन भण्डारीले देखेको सपनालाई पछ्याउने क्रममा नै अहिले पार्टी एकता भएको बताउँदै नेपालका कम्युनिस्ट नेताले देखेको सपना पूरा गर्न नेकपा लागि पर्ने बताए । अब नेकपाको लक्ष्य समाजवाद तिरको एउटा युगीन यात्रा रहेको भन्दै प्रचण्डले नेपालमा कम्युनिस्ट आन्दोलनमा होमिएका नेताको सपना पूरा हुने बताए ।

जनताको जनवादलाई तत्कालका लागि समाजवादलाई रणनीतिक रुपमा कार्यान्वयन गर्ने भन्ने योजनासहित पार्टी एकता भएको भन्दै प्रचण्डले आगामी जिल्ला अधिवेशन र आउँदो महाधिवेश हुँदा सम्म विश्वका कम्युनिस्ट आन्दोलनको समीक्षा गर्दै सकारात्मक र रचनात्मक बहस गर्ने बताए ।