मदनकृष्ण श्रेष्ठलाई दीर्घ साधना सम्मान - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

मदनकृष्ण श्रेष्ठलाई दीर्घ साधना सम्मान



काठमाडौँ – वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई दीर्घसाधना सम्मान प्रदान गरिने भएको छ। हास्य व्यङ्ग्य र गीतसङ्गीतका क्षेत्रमा पाँच दशकभन्दा लामो समयदेखि पूर्ण समर्पित मदनकृष्ण श्रेष्ठलाई रेडियो अन्नपूर्णले यो सम्मान प्रदान गर्न लागेको हो ।

रेडियोको पाँचौँ वार्षिकोत्सवका अवसरमा यही जेठ १४ गते यो सम्मान अर्पण गरिने बताइएको छ। रङ्गमञ्च ,कला/हास्य व्यङ्ग्य , गीतसङ्गीत र लेखनका क्षेत्रमा श्रेष्ठले पुर्‍याउनु भएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै (पचास हजार नगद)सहितको यो सम्मान मदनकृष्ण श्रेष्ठलाई अर्पण गर्न लागिएको रेडियोका स्टेसन म्यानेजर ठाकुर बेल्बासेले एक विज्ञप्ति जारी गर्दै बताएका छन् ।

२०७५ सालबाट अर्पण गर्न थालिएको यो सम्मान यसअघि पहिलो पटक वरिष्ठ गीतसङ्गीत साधक योगेश वैद्यलाई समर्पण गरिएको थियो ।