नेपाल एयरलाइन्स कार्यकारी अध्यक्षले दिए राजीनामा - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

नेपाल एयरलाइन्स कार्यकारी अध्यक्षले दिए राजीनामा



काठमाडौं- नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष मदन खरेलले पदबाट राजीनामा दिएका छन्। खरेलले आइतबार दिउँसो राजीनामा दिएका हुन्।

लामो समयदेखि बिबादमा तानिएका खरेललाई पर्यटनमन्त्री योगेश भट्टराईले राजिनामा दिन दवाव दिएका थिए ।

ठुलो तामझामक साथ कार्यकारी बनेका खरेलको कामबारे ब्यापक असस्तुष्टि जनाइएको थियो । पछिल्लो समय जापानमा सुरु गरिएको उडानमा पनि उनले चलखेल गरेको आरोप लागेको थियो ।

स्रोतका अनुसार खरेलले चौतर्फी दवाव भएकैले राजिनामा दिएको बताइएको छ ।

मदन खरेललाई नेपाल सरकारले नेपाल वायुसेवा निगम संचालक समितिको कार्यकारी अध्यक्षमा भदौ ३१ गते नियुक्त गरेको छ।

सबै कार्यकारी अधिकार सहित अध्यक्ष नियुक्ति भएका खरेलले आइतबार राजीनामा दिएको स्रोतको दाबी छ ।

बिबादमा तानिएका खरेल यस अघि पनि नेपाल एयरलाइन्सको महाप्रबन्धक पदबाट राजिनामा दिएर बाहिरिएका थिए।