मदन भण्डारीको हत्यारा को ? राष्ट्रपति र प्रधानमन्त्रीमाथि यस्तो आरोप (भिडियो) - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

मदन भण्डारीको हत्यारा को ? राष्ट्रपति र प्रधानमन्त्रीमाथि यस्तो आरोप (भिडियो)



काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले मदन भण्डारीको दास ढुंगा दुर्घटना नभएर हत्या नै भएको दाबी गरेका छन् ।

भण्डारीसँग पोखराबाट खैरेनीसँग सँगै यात्रा गरेका कट्टेलले अहिलेसम्म उक्त हत्याकाण्डबारे भण्डारीकी पत्नी वर्तमान राष्टपति विद्यादेवी भण्डारी र स्वर्गीय भण्डारीका नजिकका साथी भनिएका वर्तमान प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीले कुनै चासो नदिएको आरोप लगाउंदै यस्तो ब्यबहारले आफूलाई दुःख लागेको पनि बताएका छन् ।

बिहीबार राति प्राइम टाइम्समा कुरा गर्दै अध्यक्ष कट्टेलले यस्तो बताएका हुन् । स्वर्गीय भण्डारीलाई उनको पार्टीका नेताहरुले जननेता भनेपनि आफू त्यो मान्ने पक्षमा नभएको पनि कट्टेलले जिकिर गरे ।

फरक प्रसँगमा उनले नेपाल कम्युनिष्ट पार्टी आफ्नो भएको भन्दै ओली र प्रचण्डले नेतृत्व गरेको पार्टी सरकारी कम्युनिष्ट पार्टी भएको पनि दाबी गरे ।