मोडेल अमृताको टिपिकल तीजगीत 'मादलुको ताल बरिलै'बजारमा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मोडेल अमृताको टिपिकल तीजगीत ‘मादलुको ताल बरिलै’बजारमा (भिडियो सहित)



देवेन्द्र केसी/नयाँ दिल्ली

हिन्दु महिलाहरूको महान् चाड हरितालिका तीज नजिकिँदै जाँदा नेपाली सङ्गीत ईन्ड्सट्री नै तीजमय बनेको छ ।

साना तथा नामचिन म्युजिक ब्यानरहरू तीजकै आगोसमा रोम्ल्लिरहेका बेला छरहरी तथा जिरो फिगर मोडेल तथा गायिका अमृता बराल पनि अछुतो कहाँ रहन सक्थिन र ? उनी पनि टिपिकल तीजगीत  ‘मादलुको ताल बरिलै ‘लिएर आईपुगिन।

विगतका वर्षहरूमा झैँ यो तीजगीतले पनि चर्चा कमाउने सुरसार गरिसकेछ र रिलिज भएको केही घण्टा मै दश हजार भ्युअरहरु आफ्नो पोल्टामा पारिसकेको छ। शिव दर्शन फ्लिम्स प्रालिको ब्यानरमा तयार भएको टिपिगल गीतमा गायिका बराल को साथमा गायक महेन्द्र भण्डारीले पनि स्वर भरेका छन् ।

गायक भण्डारी कै शब्द तथा लय रहेको ऐल्वमको निर्देशन तथा सम्पादन विष्णु भट्टराईको रहेको छ भने मोडेलहरू विक्रम ,बबिता ,विजय र बसन्तीले कम्मर मर्काएका छन् ।

प्रेमी र प्रेमिका बिचको संबादरुपी तिजगित भए पनि बिल्कुलै पारिवारिक र संस्कृतिमय रूपमा छायाङ्कन भएको एल्वम बर्षकै टिपिकल तीजगीत मध्ये एक मान्न सकिन्छ ।

नयाँ दिल्लीलाई कर्मथलो बनाएकी गायिका बराल गीतसंगित बाहेक अन्य सामाजिक काममा पनि सरिक रहँदै आएकी छिन । बढ्दो ह्युमन ट्राफिकिङ्ग , महिलाहरूको अवैध ओसारपसार र देहव्यापार विरुद्ध पनि संस्थागत रूपमा कार्य गर्दै आई रहेकी र दिल्ली महिला आयोगद्वारा संञ्चालिन ‘रेप रोको’अनसनमा पनि सक्रिय भूमिका निभाएकी बराल बहुमुखी प्रतिभाकी धनी मानिन्छिन् ।

करिब एक दर्जन गीतहरूमा स्वर भरेकी बरालका धेरै गीतहरू चर्चामा रहन सफल भएका छन् । “बिल्कुलै पारिवारिक भिडियो बनाएकी छु ,आसा छ सबैले सहयोग गर्नुहुनेछ “गायिका बरालले भनिन । गायिका बरालको यो फरक प्रयास सफल होस हाम्रो पनि शुभकामना ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस