माछापोखरी र बाइपासबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिला पक्राउ - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

माछापोखरी र बाइपासबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिला पक्राउ



काठमाडौं-माछापोखरी र बाइपास एरियाबाट ६१ जना यौनकर्मी पक्राउ परेका छन् । बुधबार साँझ प्रहरीले सो एरियाबाट ४४ जना पुरुष र १७ जना यौनकर्मी महिलालाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई बालाजु प्रहरी चौकीमा ल्याइँदै गरिएको महानगरीय प्रहरी वृत बालजुका डिएसपी बालनरसिंह रानाले जानकारी दिए ।

केहीलाई बार्गेनिंग गरिरहेको अवस्थामा र केहीलाई होटलबाटै पक्राउ गरिएको उनले बताए ।