माछा मार्न थापेको जालमा नवजात शिशुको शव फेला ,शिशु फाल्ने महिलालाई पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

माछा मार्न थापेको जालमा नवजात शिशुको शव फेला ,शिशु फाल्ने महिलालाई पक्राउ



बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–२ मा रहेको भौनेराको खोलामा बेवारिसे अवस्थामा नवजात शिशुको शव भेटिएको छ।

स्थानीयवासीले खोलामा माछा मार्न थापेको जालमा बेवारिसे अवस्थामा उक्त शिशुको शव फेला पारेका थिए। शिशु फाल्ने महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए।

उनका अनुसार शव परीक्षण गरी दाहसंस्कार गरिएको छ। थप अनुसन्धानका लागि महिलालाई जिल्ला अदालत बाजुराबाट म्याद थप गरी थुनामा राखिएको छ।