व्यावसायिक माछापालनमा जोड
विशाल पाण्डेय / सुखड,कैलाली ।
घोडाघोडी नगरपालिकाका किसानहरूले
व्यावसायिक माछापालनमा जोड दिने बताएका छन् । हिमाली प्रकृति संस्थाको आयोजनामा दुई दिने जलकृषि सम्बन्धी तालिममा सहभागीहरुले बिहीबार व्यावसायीक माछापालन तर्फ जोड दिने बताएका हुन् ।
सामान्यढंगले माछा पाल्ने गरेपनि माछापालनबारे जानकारी कम भएकाले तालिमबाट धेरै राहत मिलेको सहभागीहरुले बताएका छन् । जलकृषि तालिमबाट व्यवहारिक ज्ञान पाएको र अब व्यवसायीक बन्न सक्ने घोडाघोडी नगरपालिका -४ जनकपुरका सन्तुराम चौधरीले बताए । उनले भने , हामिले सामान्यढंगले मात्र माछा पाल्ने गरेका रहेछौं , तालिममा यसबारे ज्ञान लिए, अब ध्यान बढी केन्द्रित गरेर व्यवसायीक माछापालनसंगै घोघी पालन गर्ने छु ।”
घोडाघोडी नगरपालिका -१ लक्ष्मीपुरका बलबहादुर विस्टले पनि जलकृषि सम्बन्धी तालिमबाट व्यवहारिक ज्ञान पाएको बताए । हामिले अहिलेसम्म थाहा नपाएर पोखरीमा माछा मात्र पाल्यौ । तर, त्यहाँ त घोघी , गगटा लगायतका अन्य पानीमा बस्ने जिवहरु नि पाल्न मिल्ने रहेछ । ” बजारमा घोघीको पनि माग उतिनै छ अब त्यसतर्फ पनि ध्यान दिन्छु । उनले थपे ।”
घोडाघोडी नगरपालिका-४ का कर्ण बहादुर बुढाले जलकृषि तालिम लिन पाउँदा आफू निकै नै खुशी भएको बताए । बुढाले तालमा माछा मात्र नभएर कमलको फुल तथा अन्य वनस्पतिहरुबाट पनी औषधिका रुपमा विक्री गरेर आम्दानी गर्न सकिने समेत बताए । अन्य खेती भन्दा माछापालनमा राम्रो आम्दानी गर्न सकिने हुँदा आफुले पनि माछापालन गर्न सुरु गर्ने बताए ।
तालिममा विभिन्न प्रजातीका माछा, झिँगे माछा, गंगट्टा र घोघीहरु कसरी पाल्ने ? , व्यवसायीक माछा पालन कसरी गर्ने ?, कसरी मार्ने ?, कसरी दानाहरु हाल्ने ? , पानीमा अक्सिजनको मात्रा कसरी थाहा पाउने ? लगायतका कुराहरुका साथै जैबिक विविधतालाई असर नपर्ने गरी कसरी बनस्पतिहरुको संरक्षण वा सम्बर्द्धन गरि त्यस बाट कसरी जिबिकोपार्जन गर्न सकिन्छ भन्ने कुराहरु प्रशिक्षक मत्स्य तालिक केन्द्र नेपालजंगका अधिकृत रामकेश यादब र स्थानीय कार्पि ह्याचरीका संचालक चुलराम चौधरीले सहभागीहरुलाई जानकारी गराएका थिए ।
घोडाघोडी ताल तथा पर्यटन विकास वोर्ड, जेठ एस एल,चरा संरक्षण नेटवर्क तथा अन्य संघसंस्थाको आर्थिक सहयोगमा सम्पन्न भएको तालिममा घोडाघोडी नगरपालिका वडा नम्बर १, ४ र ८ गरि ३० जनाको सहभागिता रहेको थियो ।