एम अधिकारीबारे एमालेले भन्यो: यसमा काठमाडौंका मिडिया दोषी छन् - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

एम अधिकारीबारे एमालेले भन्यो: यसमा काठमाडौंका मिडिया दोषी छन्



पोखरा- नेकपा एमालेले एम अधिकारीका बारेमा काठमाडौंमा रहेका सञ्चारमाध्यमले अनावश्यक हल्ला मच्चाएको बताएको छ ।

पोखरामा प्रेस चौचारी नेपालले गरेको कार्यक्रममा सो पार्टीका महासचिव शंकर पोखरेलले यस्तो बताएका हुन् ।

“एमालेले वक्तव्य जारी गरिसकेपछि आधिकारिक त्यही हो तर राजधानीका न्युज कारखानाले तपाईंहरुलाई पनि प्रभाव पारेको छ । एमालेले औपचारिकरुपमै विज्ञप्ति जारी गरिसकेपछि धारणा नै त्यही हो । यो प्रायोजित समाचार हो । गभर्नरमाथिको आक्रमण हो । यो कुरा त बुझौँ न ।”

उनले विराटनगरका मनोज अधिकारीलाई नै एम अधिकारी भनिएको दाबी गरे । “मनोज अधिकारीले मलाई जानकारी छैन भनेर भन्नुभयो भन्ने मलाई विश्वास लाग्दैन,” पोखरेलले भने ।