लुट्नेहरु लुट्दैछन,जुट्नेहरु जुट्दैछन - Himal Post Himal Post
  • ९ असार २०८३, मंगलवार
  •      Tue Jun 23 2026
Logo

लुट्नेहरु लुट्दैछन,जुट्नेहरु जुट्दैछन



हरि थापा

अातपमा राहत दिन केहिँ जुट्दैछन
देश चुस्ने माफिँयाहरु अझै चुस्दैछन।।

कहिले जनताको माया नगर्ने किर्णाहरु
अप्ठ्यारोमा मिल्नुको साटो अझै फुट्दैछन।।

राष्ट्रको सम्पति लुट्नेहरु मज्जाले लुट्दैछन
सरकार ट्वा परि हेर्छ, अपराधीहरु छुट्दैछन।।

नितिनियमको कुरा गर्नेहरु, कान खोलेर सुन
नेताले जनतालाई ,मकै सम्झी भुट्दैछन।।

कुरा खोल्न नसकेर सम्बन्धहरु टुट्दैछन
सिमानामा भारतले नेपाली चुट्दैछन।।

फुर्ति दिँदै म गोर्खाली हु भन्ने सरकार प्रमुख
आज भारती जोगाउदै नेपाली कुट्दैछन।।