सरकार लुते आइजिपी नबनाउ: पूर्व महानिरीक्षक - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

सरकार लुते आइजिपी नबनाउ: पूर्व महानिरीक्षक



नेपाल प्रहरीका पूर्व महानिरीक्षक रवीन्द्रप्रताप शाहले बलियो आइजिपी नियुक्त गर्न सरकारलाई सुझाव दिएका छन् । संगठनका लागि योग्य र बलियो आइजिपी आवश्यक रहेको भन्दै उनले आफूहरुको चाहना पनि यही भएको उल्लेख गरेका छन् ।

 

सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त गर्ने तयारी गरेका बेला शाहले आफ्ना आसेपासे भन्दा पनि संगठनका लागि योग्य व्यक्ति चयन गर्नुपर्नेमा जोड दिएका छन् ।

राजनीतिक भागवण्डामा आइजिपी नियुक्ति हुने प्रवृतिविरुद्ध पूर्वआइजी शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जो बने पनि, आइजिपी बनेपछि लुते होइन, बलियो देखिनुपर्छ । पूर्व, वर्तमान र भविष्यको प्रहरीको समेत चाहना यति मात्रै हो ।’

नेपाल प्रहरीका हालका महानिरीक्षक प्रकाश अर्यालसहित सबै एआईजीले चैत २९ गते अवकाश पाउने भएपछि सरकारले डीआईजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबाट एक जनालाई सिधै आइजिपी नियुक्त गर्दैछ ।