लुम्बिनी विकास कोषले आफ्ना माग पूरा नगरेको भन्दै ज्यालादारी कर्मचारी आमरण अनशनमा - Himal Post Himal Post
  • ३० बैशाख २०८२, मंगलवार
  •      Tue May 13 2025
Logo

लुम्बिनी विकास कोषले आफ्ना माग पूरा नगरेको भन्दै ज्यालादारी कर्मचारी आमरण अनशनमा



लुम्बिनी, पुस ४ गते । लुम्बिनी विकास कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीले आफ्ना मागको सुनुवाइ नभएको भन्दै आमरण अनशन सुरु गरेका छन् ।

लुम्बिनी विकास कोषको व्यवस्थापन पक्षले लामो समयसम्मै आफ्ना माग पूरा नगरेको भन्दै विगतदेखि नै आन्दोलनमा उक्रिएका थिए । कर्मचारीले पाँच बँुदे माग राख्दै कोषको कार्यालय अगाडि टेन्ट टाँगेर आमरण अनशन सुरु गरेका हुन् ।

कोषका सदस्य सचिव अजितमान तामाङलाई बखास्त गरिनुपर्ने, कोषमा कार्यरत ज्यालादारी तथा सेवा करार कर्मचारीको विगत आन्दोलनको समयको तीन महिना १५ दिनको तलब तुरुन्त दिनुपर्ने, असोज, कात्तिक मङ्सिर महिनाको तलब पनि तुरुन्त दिइनु पर्ने, कोषका सम्पूर्ण पीडित कर्मचारीको बढुवालगायत अन्य सुविधा प्रदान गर्नुपर्नेलगायतका माग ती कर्मचारीको रहेको छ ।
साथै उनीहरुले कोषमा भइरहेको अनियमितता र भ्रष्टचारको अन्त्य गरी कोषमा अनियमितता र भ्रष्टाचार गर्नेलाई तुरुन्त कारबाही गर्नुपर्ने तथा भेदभावपूर्ण तरिकाबाट कोषमा कार्यरत कर्मचारीलाई भइरहेको कारबाही तुरुन्त रोक्नुपर्ने माग राखेका छन् । रासस