सिभिलमा लुम्बिनी टेक्निकल रुपन्देही जिल्ला प्रथम, मध्य क्षेत्रमा उत्कृष्ट नतिजाको दाबी - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

सिभिलमा लुम्बिनी टेक्निकल रुपन्देही जिल्ला प्रथम, मध्य क्षेत्रमा उत्कृष्ट नतिजाको दाबी



बुटवल:यस क्षेत्रकै अग्रणी प्राविधिक शिक्षालय लुम्बिनी टेक्निकल इन्स्टिच्युटले सिटिइभिटी अन्तर्गत तत्कालीन मध्य क्षेत्रले लिएको प्राविधिक एस एल सी सिभिल इन्जिनियरि¨ को परीक्षाको नतिजामा आफूहरू उत्कृष्ट भएको दाबी गरेको छ । गत चैत्रमा प्रकाशित नतिजामा हालको प्रदेश न ३ ले प्रकाशित गरेको नतिजा अनुसार २४ वटा शिक्षालयलाई पछि पार्दै सबै भन्दा धेरै ६६.६७ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको इन्स्टिच्युटले जनाएको छ ।

प्राविधिक एस एल सी सिभिल इन्जिनियरि¨मै आफ्नो विद्यार्थी पद्मा गुरु¨ले ९१.७७ प्रतिशत सहित रुपन्देही जिल्लामै प्रथम र प्रवीण घिमिरेले ९१.६६ प्रतिशत सहित रुपन्देही जिल्लामै दोस्रो स्थान हासिल गरेको इन्स्टिच्युटका प्राचार्य इ. नवसुजित भण्डारीले जानकारी गराउनुभएको छ । आज इन्स्टिच्युटको प्राङ्गणमा आयोजना गरेको पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा सो जानकारी गराउनु भएको हो ।

इन्स्टिच्युटका सञ्चालक समिति सदस्य ई. विन्दु प्रसाद श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको कार्यक्रममा विभिन्न अतिरिक्त क्रियाकलापका विजेता, आन्तरिक परीक्षामा उत्तिर्ण साथै गत वर्षको अन्तिम परीक्षामा उत्तिर्ण विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि ई. विन्दु प्रसाद श्रेष्ठले सबै प्राविधिकहरूको संलग्नतामा सञ्चालित इन्स्टिच्युट भएकोले सबैको उद्देश्य उत्कृष्टता मात्र रहेको बताउनु भएको थियो । कार्यक्रममा प्रबन्ध निर्देशक अजय थापाले कक्षा सञ्चालनमा आफूहरूले तिन कुरामा इन्स्टिच्युट फोकस गरिएको भन्दै पूर्णकालीन शिक्षण पेसामा रहेका दक्ष इन्जिनियर तथा शिक्षकहरू, स्मार्ट बोर्ड सहितको स्मार्ट कक्षाकोठा र वातानुकुलित शिक्षण कक्ष इन्स्टिच्युटको विशेषता रहेको बताउनु भएको थियो ।

सिभिल इन्जिनियरि¨ अन्तर्गतको तिन प्राविधिक धारमा अध्यापन गराइरहेको इन्स्टिच्युटमा प्राविधिक एस एल सी सिभिल इन्जिनियरि¨, अमिन तथा तिन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरि¨ अध्यापन गराउँदै आएको छ । इन्स्टिच्युटले आफूहरूले उत्कृष्ट नतिजा मात्र नभएर शत प्रतिशत विद्यार्थीहरूलाई रोजगारीको व्यवस्था समेत गर्न सफल रहेको वताउदै अध्ययन पुरा ओजेटी गर्न तथा त्यस पछि रोजगारीको लागि साथ सहयोग गर्ने सम्पूर्ण सङ्घ संस्थाहरूलाई समेत धन्यवाद व्यक्त गरेको डिप्लोमा कार्यक्रम संयोजक ई गणेश थापाले जानकारी गराउनु भएको छ ।

इन्स्टिच्युटका प्राचार्य इ. नवसुजित भण्डारीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन प्रशिक्षक शङ्कर बस्याल तथा स्वागत प्रशासन प्रमुख इन्दिरा भट्टराईले गर्नुभएको थियो ।