नगरपालिकाकै बदनाम गराउने मेयर र प्रमुख प्रशासकीय अधिकृतका अनेक हर्कत - Himal Post Himal Post
  • २५ पुष २०८१, बिहीबार
  •      Thu Jan 9 2025
Logo

नगरपालिकाकै बदनाम गराउने मेयर र प्रमुख प्रशासकीय अधिकृतका अनेक हर्कत



कतिपय निर्वाचित जनप्रतिनिधि र कर्मचारीले आफ्ना स्वार्थका मात्रै काम गर्दा स्थानीय तह र संघीयताकै बदनाम हुने अवस्था आएको छ । यस्तै रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतले आफ्नो स्वार्थ पुरा गर्ने उद्देश्यले गरेको गोप्य हर्कतले सेवाग्राहीले तनाव भोग्नुपरेको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका पुराना कर्मचारी निष्काशन र नयाँ नियुक्तिले पालिका नै विवादित बनेको छ। रूपन्देहीका अन्य पालिकामा पनि कर्मचारी निष्काशनको विवाद भैरहेको तर लुम्बिनीमा भने प्रमुख प्रशासकीय अधिकृतले नै आफ्नो स्वार्थमा मात्रै काम गर्न थालेपछि कार्यालय तनावग्रस्त बनेको छ ।

प्रमुख प्रशासकीय अधिकृतले नै मनलाग्दी गर्न थालेपछि हाल लुम्बिनी सांस्कृतिक नगरपालिका कार्यालयका सबै शाखाका कर्मचारी भयभीत बनेका छन् । नगरपालिका प्रमुख सजरुद्दिन मुसलमान र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयको गोप्य निर्णयले साउनदेखि कार्यालय पूर्णत चल्न सकेको छैन ।

नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले भैरहेका करारका कर्मचारीहरुलाई बिना कुनै कारण निकालेका छन् भने कामै गर्न नसक्ने अदक्ष परिवारका सदस्य र आफन्तलाई भर्ती गरेका छन् ।

सुशासनका ठूला ठूला गफ गर्ने प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले नै मनलाग्दी गर्ने गरेको भन्दै यसअघि पनि सेवाग्राही असन्तुष्ट थिए । त्यसमाथि भैरहेका दक्ष कर्मचारीलाई फालेर विभिन्न पदमा स्वार्थका नियुक्ति दिएपछि नगरपालिका नै बदनाम बनेको छ ।

नयाँ कर्मचारीलाई भर्ना गर्ने निर्णय गरेपछि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृत पाण्डेयले निर्णय कार्यान्वयनका लागि निमित्त प्रमुख रचना गौतम पाण्डेय क्षेत्रीलाई दबाब दिएका थिए । निमित्त प्रमुख रचना पाण्डेयले कानुन सम्बत नभएको बताएपछि प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्रले उनलाई पनि वडा सचिवमा सरुवा गरेका थिए ।

नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतले गोप्य रुपमा टिप्पणी उठाएर यही साउन १ गतेदेखि करारमा रहेका ९ जना कर्मचारीलाई बर्खास्त गरी १३ जना नयाँ कर्मचारी भर्ना गरेका थिए । कार्यपालिकामा निर्णय नै नगरी फर्जी निर्णय गराई कर्मचारी हटाउने तथा नयाँ कर्मचारी भर्ना गर्ने विषयमा आफूहरुले विरोध जनाउँदै आएको उपप्रमुख कल्पना हरिजनले बताइन ।

यति मात्र होइन मेयर र प्रमुख प्रशासकीय अधिकृतका ताण्डव अनेक छन् । उनीहरूले वडा अध्यक्ष र विद्यालयलाई जानकारी नै नगराई सरुवा पत्र आएपछि नगरपालिकाको वडा नम्बर ९ मा रहेको जग्गा १६ कठ्ठा १० धुर विद्यालयको नाममा सिफारिस गर्न लागेको, स्वास्थ्यका प्राविधिक कर्मचारीलाई वडा सचिवमा सरुवा गरेको, नगर प्रमुखको छोरालाई अहेब र ज्वाँइलाई सहायक सब इन्जिनियर त्यस्तै आफ्नै नातामा सालो पर्नेलाई कम्प्युटर अपरेटरको पदमा नियुक्ति दिएका छन् ।

त्यतिमात्र होइन उनीहरूले कम्प्युटर खोल्न नजान्नेलाई कम्प्युटर अपरेटर पदमा नियुक्त गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको साउन १५ मै सरुवा आएको थियो तर उनले हाजिर नभई रातिमा कार्यालय जाने गरेको बताइएको छ ।

साउन १ गतेदेखि बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृतको साउन १५ मा सरुवा पत्र आएको थियो । पाण्डेले साउन २० गते नै अधिकृत स्तरका कर्मचारीलाई आफू अनुकूल काम नगरेको भन्दै वडा सचिवमा सरुवा पठाएका छन् ।

नगरपालिकाले पुराना सेवा करारका ९ जना कर्मचारीलाई बिना जानकारी सेवाबाट हटाएर आफ्ना परिवार र आफन्तसहित ११ जनालाई नियुक्ति दिलाएका छन्।

कार्यपालिका बैठकको निर्णय बिना कर्मचारीलाई हटाएर मेयर र कार्यकारीले गलत गरेको उनको आरोप छ । नगरपालिकाका सूचना अधिकारी अशोक पाण्डेयले कर्मचारीलाई काम गर्न नगरपालिकामा अप्ठ्यारो महसुस भइरहेको बताएका छन् ।