प्रधानमन्त्री ओलीले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

प्रधानमन्त्री ओलीले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै



काठमाडौं–प्रधानमन्त्री केपी ओलीले तिरौलाकोट पुगेर लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरे भएका छन् । २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री ओली हिजै (शुक्रबार) तिरौलाकोट पुगिसकेका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए।

शुक्रबार नै प्रधानमन्त्रीले बुद्धको क्रीडास्थल तिलौराकोटको अवलोकन गरेका थिए । उनले तिलौराकोटमा गरिएको उत्खनन, अनुसन्धान र संरक्षणले यसको विकासमा टेवा पुग्ने भन्दै तिलौराकोटको विकासलाई संघीय सरकारले प्राथमिकतामा राखेको बताए।

प्रधानमन्त्री ओलीलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्रेयले तिलौराकोटको ऐतिहासिक पृष्ठभूमि तथा उत्खनन र अनुसन्धानबाट प्राप्त उपलब्धिबारे जानकारी गराएका थिए।

विगत ६ वर्षदेखि तिलौराकोटमा उत्खनन चलिरहेको छ। वर्षमा दुई महिना मात्र उत्खनन गरिने हुनाले काममा ढिलाइ भएको भिक्षु मैत्रेयले प्रधानमन्त्री ओलीलाई अवगत गराए।