लुक्ला दुर्घटनामा मृत्यु भएकाको शव काठमाण्डु ल्याइयो - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

लुक्ला दुर्घटनामा मृत्यु भएकाको शव काठमाण्डु ल्याइयो



लुक्ला दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएका दुई जनाको शव शिक्षण अस्पताल ल्याइएको छ । कैलाश एयरको हेलिकोप्टरबाट शव परीक्षणका लागि शिक्षण अस्पताल ल्याइएको हो ।

दुर्घटनामा समिट एयरका को–पाइलट सुनील ढुङ्गाना र नेपाल प्रहरीका असई राम बहादुर खड्काको घटनास्थलमा नै मृत्यु भएको थियो । यस्तै, उपचारका क्रममा अर्का असई रुद्र बहादुर श्रेष्ठको पनि निधन भएको थियो ।

अन्य तीन घाइतेको ग्रान्डीमा उपचार भइरहेको छ । मनाङ एयरका पाइलट चेत बहादुर गुरुङ, स्टाफ लाक्पा शेर्पा र समिति एयरका पाइलट रवीन्द्र रोकायको उपचार भइरहेको छ ।

समिट एयरको जहाज टेकअफका क्रममा रनवेबाट विमान चिप्लिएर पार्किङ गरी राखिएको मनाङ एयरको हेलिकोप्टरसँग ठोक्किँदा दुर्घटना भएको थियो । लुक्लाबाट रामेछापको मन्थलीका लागि उडान भर्ने क्रममा दुर्घटना भएको थियो ।