२०७६ बैशाख ७, शनिबार

लुधियानामा तीज मेला सम्पन्न

September 13, 2018
279 Views
Spread the love

लुधियाना /पंजाव 

नेपाली महिलाहरूको महान् चाड हरितालिका तीज बुधवार देश भर विभिन्न कार्यक्रम गरी मनाउँदै गर्दा भारत पन्जाबको लुधियानामा पनि भव्य सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ ।

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक वर्ष भारतमा रहेका कुनै न कुनै नेपाली सङ्घ संस्थाले सांस्कृतिक कार्यक्रम गर्दै तीज मनाउँदै आएका छन्।सोही क्रममा न्यु सागर एन्ड सगरमाथा बस जिप व्यवस्थापक समितिद्वारा तीज मेला २०७५ सम्पन्न गरेको छ ।

।नारायण पौडेलको अध्यक्षता ,ओम प्रकाश परियार एवम् दिनेश परियारको संयोजकत्व र लुधियानाका विधायक सुरिन्द्र डावरको प्रमुख आतिथ्यता रहेको थियो ।खाल्सा ढवाका सुरेन्द्र सिंह खाल्सा ,निलकण्ठ ढवाका चुरामणि पौडेल ,विकास रेशमी ,गोपाल भुसाल ,माधब गौतम अजय कुमार आदि अतिथिको रूपमा उपस्थित रहेका थिए ।

समारोहमा नेपालबाट आएका ख्यातिप्राप्त कलाकारहारु राजेन्द्र कंडेल ,विजय सुनाम हरिमाया रायमाझी ,शान्ता परियार , पवित्रा शर्तुंगे ,टिकाराम गौतम ,अनु राना मगर ,डान्सर मनिषा परियार ,खुमन जोशी आदिले दर्शकलाई भरपूर्ण मनोरञ्जन दिएका थिए ।ऐलेसम्म भएका कार्यक्रमहरु  भन्दा उक्त कार्यक्रममा दर्शकहरुको घुईचो धेरै नै थियो ।

विगत लामो समयदेखि न्यु सागर एन्ड सगरमाथा टुर एन्ड ट्राव्लसले लुधियाना ,जालन्धर,हिसार र करनाल देखि नेपाल आवत जावतको लागि सेवा दिँदै आएको छ ।विगतका दिनमा पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।कार्यक्रमको सञ्चालन भने बाबुराम घिमिरेले गरेका थिए ।

Facebook Comments

सम्बन्धित खवर

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा
राजनीति
0 shares13 views
राजनीति
0 shares13 views

ओली र अध्यक्ष प्रचण्ड बुुटवलमा

himal post - २०७६, ७ बैशाख १०:४३

बुुटवल – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली शनिवार बुुटवल आउँदै छन् । जितगढी विजयी उत्सव…

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग
राजनीति
0 shares5 views
राजनीति
0 shares5 views

यथाशीघ्र जग्गाको छानबिन गर्न विष्णु पौडेलको माग

himal post - २०७६, ७ बैशाख १०:०५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले काठमाडौंको बालुवाटारस्थित आफूले किनेको जग्गाका विषयमा थप छानबिन गर्न माग गरेका…

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल
समाचार
0 shares55 views
समाचार
0 shares55 views

मोरङमा युवतीको हत्या : कोठामा भेटिए मदिराका बोतल

himal post - २०७६, ७ बैशाख ०९:४६

विराटनगर – मोरङको पथरीशनिश्चरेमा शनिबार बिहान एक महिलाको शव फेला परेको छ। पथरीशनिश्चरे १ की स्थानीय रिना बस्नेतको हत्या गरि…