सिलिण्डरमा भर्न सकिने एलपी ग्यास दैलेखमा भेटियो - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

सिलिण्डरमा भर्न सकिने एलपी ग्यास दैलेखमा भेटियो



काठमाण्डौ, २६ मंसिर

सरकारले चीनबाट ल्याएको प्राविधिक तथा वैज्ञानिक सम्मिलित टोलीको सहयोगमा दैलेख लगायतका क्षेत्रमा पेट्रोलियम ग्यासको खानी रहेको भन्दै प्रारम्भिक रिपोर्ट बनाएको छ । गत वर्ष फिल्डमा खटिएको टोलीले चीन सरकारलाई बुझाएको रिपोर्ट भर्खरै नेपालमा आइपुगेको छ।

लिक्विफाइड पेट्रोलियम ग्यासको खानी नेपालमा पनि रहेको पुष्टि भएको छ । दैलेखको श्रीस्थानलगायतका क्षेत्रमा पेट्रोलियम ग्यास उत्खननको सम्भावना रहेको चिनियाँ सहयोगमा गरिएको सरकारी स्तरको अध्ययनले देखाएको हो ।

रिपोर्टअनुसार दैलेखको ग्यास काठमाडौंको जस्तो प्राकृतिक मिथेन ग्यास होइन । त्यहाँबाट उत्खनन् हुने ग्यास सिलिन्डरमा भरेर बिक्री गर्न योग्य छ । काठमाडौंको ग्यास भने पाइपबाट मात्रै भान्सामा पुर्‍याउन सकिने किसिमको हो ।
नेपालमा पेट्रोलियम तेलको सम्भावना रहेको पुष्टी यसअघि नै भएपनि एलपी ग्यासको बारेमा भने अहिलेसम्म औपचारिक अध्ययन हुन सकेको थिए ।

चिनियाँ वैज्ञानिकको टोलीले गत मंसिरमा नेपालका विभिन्न क्षेत्रहरुको भ्रमण गरी त्यहाँबाट विभिन्न प्रकारका चट्टानहरुको नमूना संकलन गरेर अध्ययनका लागि चीन लगेको थियो । उनीहरुले चीन सरकारलाई बुझाएको प्रारम्भिक प्राविधिक रिपोर्ट अहिले उद्योग मन्त्रालयमा आइपुगेको हो ।