जसपाका जनप्रतिनिधिले लोसपाबाट फिर्ता लिए नाम - Himal Post Himal Post
  • १० असार २०८३, बुधबार
  •      Wed Jun 24 2026
Logo

जसपाका जनप्रतिनिधिले लोसपाबाट फिर्ता लिए नाम



सप्तरी- राजविराज नगरपालिकाकाका एकजना जसपाका जनप्रतिनिधिले लोसपाबाट आफ्नो नाम फिर्ता लिएकी छिन् । नाम फिर्ता लिनेमा राजविराज नगरपालिका वडा नम्बर १० की वडा सदस्य कारोदेवी सदा हुन्।

जसपाकी वडा सदस्य सदाले निर्वाचन आयोगमा दल परिवर्तनका लागि लोसपामा सनाखत गरेकी थिइन् । तर, उनले पुनः लोसपानाट नाम फिर्ता लिएको राजविराज नगरपालिकाका मेयर शम्भु यादवले जानकारी दिए ।

लोसपाका केही व्यक्तिहरुले आफ्ना सदस्यलाई प्रलोभन दिएर लोसपामा लगेको उनले आरोप लगाए । ‘हाम्रो जसपा सही दिसामा जाँदैछ र अझै लोसपामा गएका सदस्यहरु जसपा आउने छन्,’ यादवले भने ।

राजपा र समाजवादी पार्टीबीच एकीकरण भई गठन भएको जसपामा अझै पनि पूर्वराजपाका ८० प्रतिशत नेता कार्यकर्ता रहेको भन्दै मेयर यादवले नेपालको राजनीतिमा महत्वपूर्ण ठाउँ ओगटेको जसपालाई बेवास्ता गरेर कोही अगाडि बढ्न नसक्ने बताए ।