लोसपाका नेताहरूद्वारा महन्थ ठाकुरविरुद्ध विद्रोह - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

लोसपाका नेताहरूद्वारा महन्थ ठाकुरविरुद्ध विद्रोह



काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी रुपमा प्रदेश र जिल्लामा पदाधिकारी चयन गरेको भन्दै धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरूले केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन् ।

सोमबार लोसपाको केन्द्रीय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूले शान्तिपूर्ण धर्ना दिएका हुन् । धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरका अनुसार अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णय सच्याउनुपर्ने माग राखिएको छ ।

पार्टीमा एक व्यक्ति एक पदको व्यवस्था लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने पनि उनीहरूको माग छ । ‘हाम्रो अध्यक्षज्यूबाट जुन खालका निर्णय भयो । जस्तै प्रदेश अध्यक्षमा र जिल्ला अध्यक्ष । प्रदेश सचिव, जिल्लाको पर्यवेक्षक तथा अन्य मनोनित पदमा हाम्रै साथीहरूलाई नियुक्ति गर्नुभएको छ । निर्णयप्रति हाम्रो आपत्ति हो । धेरै साथीहरू उहाँको निर्णयबाट असन्तुष्ट हुनुहुन्छ । निर्णयलाई सच्याउनुस् । वान म्यान वान पोष्टको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउने निर्णय गर्नुस् । पार्टीमा मनोमानी किसिमले मनोनित गर्न मिल्दैन,’ ठाकुरले भने ।

अध्यक्ष ठाकुरले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक भएकाले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा कार्यकर्ताहरूले जोड दिएका छन् ।