लोकतान्त्रीक गठबन्धनले शुरु गर्यो मोवाईल कोण सभा ,दीपक बोहरा र देवि चौधरीद्वारा बिभिन्न ठाउमा सम्बोधन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लोकतान्त्रीक गठबन्धनले शुरु गर्यो मोवाईल कोण सभा ,दीपक बोहरा र देवि चौधरीद्वारा बिभिन्न ठाउमा सम्बोधन



दीपक घिमिरे/भैरहवा १४ मंसिर

सम्युक्त लोकतान्त्रीक गठबन्धनको तर्फबाट रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवारहरु मोवाईल कोण सभामा केन्द्रित भएका छन् ।
चुनावको प्रचार प्रसारका लागि उठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका राप्रपा प्रजातान्त्रीकका बरिष्ठ उपाध्यक्ष दीपक बोहरा तथा नेपाली काग्रेसका नेता तथा प्रदेश सभा १ का उम्मेदवार देवि प्रसाद चौरीले सिद्धार्थनगर नगरपालिका भित्रका बिभिन्न ९ बटा स्थानमा घुम्ती चुनावी सभालाई सम्बोधन गर्नु भएको छ ।

उहाँहरुले सिनपा १ को कोटईमाई चोक, नौउडीहवा चोक, नयाँ गाँउ चोक, २ को झण्डी बजार चोक, मेउडिहवा चोक, ३ को मेडिकल कलेज गेट अगाडि, १० को शंकरपुर चोक, ११ पिपैरैया चोक, शिसवा चोकमा सम्बोधन गर्नु भयो ।

सभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा उम्मेदवार दीपक बोहराले प्रदेश नम्बर ५ को राजधानीलाई रुपन्देही बनाउन तथा रुपन्देहीका समग्र बिकासका लागि लोकतान्त्रीक गठबन्धनलाई बिजयी गराउनु पर्नेमा बताउनु भयो । उहाँले यस क्षेत्रको बिकासका लागि आफुसंग मात्रै भिजन भएको उल्लेख गर्दै निर्माणाधिन बिकासका आयोजना र थप नयाँ आयोजना ल्याउनका लागि आफुलाई बिजयी गराउन आग्रह गर्नु भयो ।

प्रदेश सभा एकका उम्मेदवार देवि प्रसाद चौधरीले संबिधान कार्यन्वयन तथा समग्र प्रदेशको बिकासका लागि काग्रेसका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो । बाम गठबन्धनले चुनाव जिते जनताको लामो त्यागबाट बनेको संबिधान नै संकटमा पर्ने भएकाले संबिधानको रक्षा र मुलुकको हितका लागि काग्रेसलाई बहुमत दिन आग्रह गर्नुभयो ।

संयुक्त  लोकतान्त्रीक गठबन्धन रुपन्देही ३ ले भोली पनि सिद्धार्थनगर भित्र बिभिन्न १० ठाउमा मोवाईल चुनावी सभागर्ने जनाएको छ ।