देशभर लोकतान्त्रिक कानुन व्यवासायीको माहोल छ : उपाध्यक्ष कार्की - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

देशभर लोकतान्त्रिक कानुन व्यवासायीको माहोल छ : उपाध्यक्ष कार्की



तेजेन्द्र पाण्डेय /काठमाडौं

अधिवक्ता डिल्लीबहादुर कार्कीले देशभर लोकतान्त्रिक कानुन व्यवसायीको माहौल रहेको बताएका छन्  ।नेपाल बार एसोसिएसनमा लोकतान्त्रिक कानुन व्यवसायीको समूह अन्तरगत प्रदेश नम्बर एकबाट उपाध्यक्षको उम्मेदवार समेत रहेका कार्कीले बारको निर्वाचन नजिकिँदै गर्दा सबै जिल्लाहरूमा लोकतान्त्रिक कानुन व्यवसायीका उम्मेदवारहरूको लोकप्रियता बढेको बतायका छन् ।

निर्वाचनका विषयमा हिमाल पोस्ट सँग  कुराकानी गर्दै उपाध्यक्ष उम्मेदवार कार्कीले भने ” हाम्रो समूह देशमा कानुनी शासन र न्यायिक स्वतन्त्रताको पक्षमा भयको समूह हो, अहिलेको यो समयमा मुलुकमा अनेक समस्याहरू देखा परेका छन् ,जनतालाई न्यायको पहुँचका लागि हाम्रो जित आवश्यक छ ” । त्यसै गरी उनले सातै प्रदेशका सयौँ कानुनब्यबसायिबाट सकारात्मक समर्थन प्राप्त भयको समेत उल्लेख गरे ।