प्रिय लोकतन्त्र - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

प्रिय लोकतन्त्र



प्रिय लोकतन्त्र
तिमी शीत मितेरी
गांसेको नि सायद
गणितीय शब्द्ले
१३ बर्ष ब्यतित
गरि सक्यो।
अहं तिम्रो मनले
मलाई मित्र
मान्न सकेको छैन अझै
आशाका किरणहरु
टोलायेरै बांच्न बिवश छन
मरभुमी को उंट्ले झै।
तिमी आज आफ्नै
जीवन जिउदै छौ
जतिबेला मैले सडकमा
पहिलो पटक तिम्रो
नाम पुकारेको थियं
म माथी लाठी
गोलि र हत्कडी ठोकिय
तिमी प्रतिको मेरो मोह
भंग हुन सकेन
जतिबेला म
पिजडामा कोचियेको थिय
मेरो खाने गासहरुमा
तिम्रो सुगन्ध रहेकै थियो
तिमी संगको अनुपम
मेरा सपनाका किरणहरु
जिबित र जिबन्त थिय।
आज तिमी तन्नेरी हुँदै गर्दा
हाम्रो मित्रता जुटाउन
शाहदत प्राप्त गर्ने
महान शहिदहरुको
मुल्य आज तिमिले
नै बिर्सिदै छौ
तिम्रो जन्ती बनेर आयकाहरु नै
आज तिम्रो मलामी बन्न उद्दत छन
येकसरो लाउन र खाना नपायेका
अनि बिरामी परेका जिन्दगीहरु
सडक पेटि मै बेबारिसे छन
चौराहामा जुत्ता सिउने मोजि दाइ
आरानमा घन ठटाउने कान्छा काका
अनि भारत र मरभुमिमा
जिवनका भिक माग्न बिवस
नौ जवान हाम्रा छिमेकिहरु
उहीँ आर्तनाद सहन बाध्य छन
तर पनि प्रिय लोकतन्त्र
तिम्रो साथ नपाय पछि
मेरो त्यो सपना
पूर्बको गोठगाउं हुँदै
पश्चिम को गोबरिया पुग्दा समेत
आशाका किरणहरु
धपधप पनि जल्न पायेका छैनन
तिमी जति सक्छौ
मलाई घृणा गर
मेरो मुटुमा तिम्रो मोह
अजम्बरी छ
तिमी टन्न खायेर निदाउला
म भोको पेटमा भयेनी सपनिमा
तिमिसितै भेट गर्न आउनेछु
तिमिले सम्बन्धको पारपाचुके गर्न
अदालतमा बोलाए पनि
म तिमिसंग कल्पियेका
हजारौं मेरा सपनाहरू
न्यायलयको बकपत्रमा
अन्तिम सम्म बक्नेछु
बरु हाम्रो मित्रतालाई प्रगाढ पार्न
जुनिजुनी तिम्रै काख र साथ कल्पिनेछु
य मेरो प्रिय लोकतन्त्र ।।